
काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि आज काठमाडौं रेजर्स र धनगढी एफ.सी भिड्दैछन् ।
दशरथ रंगशालामा आज साँझ हुने खेलपछि नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबलले आफ्नो पहिलो च्याम्पियन पाउँदैछ ।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको यो प्रतियोगितामा विभिन्न शहरलाई प्रतिनिधित्व गर्दै ७ टोलीले सहभागिता जनाएका थिए ।
राउण्ड रोविन लिगको आधारमा भएका २४ खेलपछि धनगढी र काठमाडौं फाईनलमा पुगेका हुन् । लिग चरणमा काठमाडौं सर्वाधिक १३ अंक जोडेर पहिलो हुँदा १० अंक जोडेको धनगढी दोस्रो भएको थियो ।
फाइनलअघि नै यी दुई टोली एकआपसमा दुई पटक खेलिसकेमा छन् । दुव खेलैमा धनगढी विजयी भएको थियो । लिग चरणमा धनगढीले काठमाडौंलाई ३–० ले पराजित गरेको थियो ।
यस्तै पहिलो क्वालिफायरमा धनगढीले काठमाडौंलाई २–१ ले हराएर फाइनलमा स्थान बनायो ।
काठमाडौंले भने फेरि दोस्रो क्वालिफायर खेल्ने अवसर पायो र ललितपुर सिटीलाई ३–० ले पराजित गर्दै धनगढीसंगको फाईनल भिडन्त पक्का ग¥यो ।
नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङको कप्तानीमा धनगढी खेल्दैछ । यसैगरी काठमाडौको कप्तानी राष्ट्रिय टोलीका अर्का गोलकिपर विकेश कुथुले समालिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्