
म्याग्दी । खेतवारीमा लगाइएको मकैवाली फौजीकिराले नष्ट गरिदिए पछि म्याग्दीका किसान समस्यामा परेका छन् ।
गण्डकी प्रदेशमा कोरोनाको हटस्पट बन्दै गएको म्याग्दीमा भर्खरै उम्रीएको र गोड्ने बेला भएको मकै बाली फौजी कीराले नष्ट गर्न थालेपछि किसान दोहोरो चिन्तामा परेका हुन् ।
जिल्लाको बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहका किसानहरु अहिले कोरोनाबाट संक्रमित भएर होम क्वारेन्टिन, आइसोलेशन तथा स्वास्थ्य संस्थाहरुमा उपचाररत छन् ।
यही बेलामा किसानले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको हो । मकै उम्रिनासाथ फौजी कीराले डाँठ र पात दुवै खाएर नष्ट गर्न थालेको बेनी नगरपालिका २ बगरफाँटका कृषक खड्गबहादुर थापाले बताउनुभयो ।
बगरफाँटको ४ सय रोपनी क्षेत्रफलको फाँटमा फौजी किराले मकैवाली कामै नलाग्ने गरी नष्ट गरिदिएको कृषकको भनाई छ । किसानहरुका अनुसार भर्खरै उम्रिएका मकैमा कीराको प्रकोप झन बढी देखिएको छ । पर्याप्त आकाशे वर्षा भएपछि म्याग्दीका अधिकांश किसानले अहिले मकै बाली लगाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्