१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अक्सिजन सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको जहाज र स्वास्थ्य सामग्री लिन आजै बेइजिङ पनि जाने


0
Shares

grounf handling nepal airlines himalaya airline

काठमाडौं । अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको वाइड बडी जहाज आज बिहान साढे सात बजे ओमान उडेको छ ।

गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त गरिएको ६ सय थान अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी जहाज ओमानको मस्कटको लागि उडेको हो ।

जहाज बेलुकी ६ बजेर ४० मिनेटमा काठमाण्डौ आइपुग्नेछ । ओमानबाट फर्किएको जहाज आज राति नै चीनको राजधानी बेइजिङ जानेछ । र त्यहाँ संकलित चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिन्डर र अन्य चिकित्सा सामाग्री लिन जहाज बेइजिङ जान लागेको हो ।

अत्यावश्यक मेडिकल सामग्री लिन केही दिन लगातार बेइजिङ जाने तयारी गरिरहेको निगमले जनाएको छ ।

त्यसैगिर आज सात वटा अन्तर्राष्ट्रिय कार्गो उडान तथा अवतरण हुँदैछन् । नेपाल वायु सेवा निगम, हिमालय एअरलाइन्स र एअर चाइनाले उडान र अवतरण गर्दैछन् ।