१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जामा अक्सिजन अभाव हुन नदिने


0
Shares

स्याङ्जा । देशभर अक्सिजन अभाव भईरहदा स्याङ्जामा अक्सिजन अभाव हुन नदिन अटो ईन्जिनियरिङ एसोसिएसन स्याङ्जाले अभियान थालेको छ ।

अभियान अन्तर्गत जिल्लाका विभिन्न अस्पतालहरुमा अक्सिजनका सिलिन्डर वितरण गरिएको छ । अक्सिजन अभाव हुन नदिन वालिङमा रहेको गरौं प्रथामिक अस्पतालमा ११ वटा सिलिन्डर वितरण गरेको र गल्याङ नगर अस्पताललाई पाँच वटा सिलिन्डर वितरण गरिएको छ ।

अटो ईन्जिनियरिङ एसोसिएसन स्याङ्जाले कतिपय स्थानमा लुकाई छिपाई राखिएका अक्सिजन सिलिन्डर पनि जफत गरेको छ ।