
धनकुटा । नयाँ भेरियन्टको कोभिड–१९ को दोस्रो लहर तीव्र रूपमा फैलिन थाले पछि शनिबार बाट जिल्ला भरिनै ‘कडा निषेधाज्ञा’ जारी गरिएको छ ।
डिसीसीएमसीको बैठकले जिल्लामा कोभिड संक्रमण तीव्र रूपमा फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञा कडा बनाएको प्रमुख जिल्ला अधिकारी बासुदेवा दाहालले जानकारी दिनुभयो । निषेधज्ञा समयभर अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द रहनेछन् ।
खाद्य पसललाई पनि समय तोकेर र स्वाथ्य मापदण्ड पालन गररेर खोल्न आदेश दिइएको छ । जिल्लामा सञ्चालित बैंक तथा वितिय संस्थाहरू हप्तामा ३ दिन मात्र बिहान ८ बजे देखि ११ बजे सम्म सीमित कर्मचारी राखेर सञ्चालन गर्न पाइने जारी आदेशमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्