
एजेन्सी । कोभिड–१९ को संक्रमणट जुधिरहेको भारतको दिल्ली सरकारले १५ दिनमा रामलीला मैदानमा ५ सय आईसीयू शय्याको अस्पताल सञ्चालन गरेको छ ।
कोभिडको दोस्रो लहर बढेपछि दिल्लीमा आईसीयू शय्याको अभाव भएको सन्दर्भमा दिल्ली सरकारले सय शय्याको आईसीयू शय्या सञ्चालनमा ल्याइएको हो ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार ट्वीट गर्दै अस्पताल निर्माणमा सघाउने सबैलाई धन्यवाद दिनुभएको थियो । उहाँले केही दिनमै पुनः ५ सय शय्याको आईसीयू शय्या थप्ने जानकारी दिनुभएको छ ।

पछिल्लो समय दिल्ली सहित भारतमा कोभिड संक्रमितको संख्या बढिरहेको छ । बाक्लो बस्तीका कारण दिल्लीमा कोभिडको प्रभाव अझ बढेको थियो । कोभिड संक्रमितको संख्या बढेपछि त्यहाँ आईसीयू शय्याको अभाव थियो ।
दिल्ली केही दिन अघिसम्म अक्सिजनको कमीले सैयौंको मृत्यु हुने गरेको थियो । केन्द्र सरकारले अक्सिजनको कोटा थप नगर्दा त्यहाँ मृतकको संख्या ह्वात्तै बढेको थियो ।
प्रतिक्रिया दिनुहोस्