१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अधिकार नपाउँदा चाहेर पनि धेरै काम गर्न सकिएन- नगरपालिका महासंघ


0
Shares

काठमाडौं । नगरपालिका महासंघका अध्यक्ष अशोक ब्याञ्जु श्रेष्ठले कोभिड–१९ महामारी नियन्त्रणमा चाहेर पनि धेरै काम गर्न नसकिएको बताउनुभएको छ ।

महामारी तथा सरुवारोग नियन्त्रण सम्बन्धी अधिकार संघीय सरकारसँग एकल रूपमा रहेको बताउँदै उहाँले चाहेर पनि पूर्ण काम गर्न नसकिएको बताउनुभयो ।

संघ सरकारको एकल अधिकार भएको क्षेत्रमा स्थानीय सरकारले काम गरिरहेकोले सोचे जस्तो परिणाम आउन नसकेको उहाँको भनाइ छ ।

महासंघका अध्यक्ष श्रेष्ठले संक्रमणको व्यवस्थापनका लागि स्वास्थ्य संकटकाल घोषणा गरेर स्वास्थ्य सम्बन्धी सम्पूर्ण जिम्मेवारी तीन तहको सरकारलाई दिनुपर्ने बताउनुभयो ।

तीन तहका सरकारलाई संलग्न गराई निजी, सामुदायिक र राष्ट्रिय–अन्तराष्ट्रिय क्षेत्रलाई परिचालन गर्न सके समस्या समाधान गर्न सकिने उहाँको दाबी छ ।

खर्च गर्नुपर्ने बजेटसमेत खर्च गर्न नसकेको प्रदेश र संघ सरकारले कोभिड जोखिम न्यूनिकरणमा स्थानीय सरकारको सहयोग भएन भन्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो ।