१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालको अवस्थाप्रति विश्व स्वास्थ्य संगठनको चासो


0
Shares

काठमाडौं । कोभिड संक्रमणको दोस्रो लहरको चपेटामा परेको नेपालको सहयोगको लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले चासो देखाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले कोभिड महामारीसँग जुध्न नेपाललाई आपतकालीन सहयोग आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

शुक्रबार नियमित प्रेस व्रिफिङमा बोल्दै गेब्रेयससले भारत लगायत नेपाल, थाइल्यान्ड, इजिप्ट भियतनाम र क्याम्बोडिया जस्ता देशहरूमा पनि सङ्क्रमणको दर तीव्र भइ अस्पताल भर्ना हुनेको संख्या बढेको बताउनुभयो । उहाँले सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यता नेपाल सरकारले भने कोरोना संक्रमण व्यवस्थापन गर्न सक्ने अवस्थामै रहेको भन्दै आपतकालीन सहयोग आवश्यक रहेको भन्ने धारणा डब्ल्यूएचओको मात्र भएको बताएको छ ।