
बुटवल । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘क्यालिब्रेशन’ उडानका लागि तयार भएको छ ।
विमानस्थलमा विमान उडान तथा अवतरण, धावनमार्ग र टावरमा जडित उपकरणको परीक्षण गरिने उडानलाई ‘क्यालिबेशन’ उडान भनिन्छ । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना आईसिबि टु का प्रमुख प्रविण न्यौपानेले जानकारी दिनुभयो ।
विमानस्थलको टावर, धावनमार्गलगायतका क्षेत्रमा आवश्यक सबै विद्युतीय उपकरणहरू जडान गर्ने काम चैतको दोस्रो सातामै सकिएको थियो । ‘क्यालिब्रेशन’ उडानका लागि आवश्यक तयारीमा जुटेको समयमा कोभिड महामारी बढेपछि तत्काललाई उडान रोकिएको न्यौपानले बताउनुभयो ।
हालको अवस्था र अन्तर्राष्ट्रिय उडान सहज हुनेबित्तिकै ‘क्यालिब्रेशन’ उडान गर्न विमानस्थल तयारी अवस्थामा न्यौपानेको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्