
तस्विर फाइल
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिको बैठक नडाकिएको प्रष्ट पार्नुभएको छ ।
अर्का अध्यक्ष उपेन्द्र यादवले शनिबार डाकेको बैठकप्रति अनविज्ञता प्रकट गर्दै ठाकुरले पार्टीको कुनै बैठक नरहेको जानकारी दिनुभयो ।
विज्ञप्ति जारी गर्दै ठाकुरले विभिन्न सन्चारमाध्यम र सामाजिक संजालबाट जसपाको बैठक भनि प्रसारित भइरहेका समाचारहरूमा गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । ।
पार्टी कार्यालयमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षधर सदस्यहरूको बैठक बसिरहेका बेला ठाकुरको विज्ञप्ति आएको हो ।
यसअघि ठाकुर पक्षले वहुमत सांसदको बैठकबाट राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । उक्त निर्णय नमान्ने भन्दै जसपाको यादव समूहले शनिबार बैठक डाकेको हो ।

प्रतिक्रिया दिनुहोस्