१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडीमा लागूऔषध चरेशसहित दुई जना पक्राउ


0
Shares

बैतडी । लागूऔषध चरेशसहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र २५ वर्षीय प्रकाश विष्ट रहेका छन् ।

उनीहरु दुवैजनालाई सुर्नया गाउँपालिका–६ शंकरपुरबाट मोटरसाइकलमा सुर्नया–५ तर्फ आउँदै गर्दा रौलेश्वर प्रहरीचौकीको टोलीले पक्राउ गरेको हो । मोटरसाइकलमा सवारी उनीहरूबाट ७ सय ग्राम चरेश बरामद गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

सुप प्र ४००१ प ००१५ नम्बरको मोटरसाइकलमा गइरहेका बेला दिउँसो १ बजेको समयमा प्रहरी टोलीले चेकजाँच गर्दा सुरेश विष्टको झोलाबाट ७ सय ग्राम चरेश बरामद गरिएको हो । बरामद गरिएको चरेश, मोटरसाइकल र दुवैजना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका छन् ।

निषेधाज्ञाको समयमा उनीहरू कहाँबाट चरेश लिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।