१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सर्लाहीमा ज्वरो आएका बिरामीको मृत्यु हुने दर बढेपछि समुदायमा त्रास


0
Shares

सर्लाही । सर्लाहीमा ज्वरो आएका बिरामीको मृत्यु हुने दर बढेपछि समुदायमा त्रास छाएको छ । जिल्लामा अहिले सबैजसो बस्तीका वासिन्दा ज्वरो आएर बिरामी परेका छन् ।

लालबन्दी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष मोहनहरि भण्डारीले ज्वरोबाटै आफ्नो वडामा ५/६ जनाको ज्यान गइसकेको जानकारी दिनुभयो।

त्यसमध्ये एक जनामा कोरोना संक्रमण देखिएपनि अन्यको भने कोरोना परीक्षण नभएको तर लक्षण मिल्दोजुल्दो देखिएको वडाध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले सबैजसो घरमा ज्वरोका बिरामी रहेकाले त्रास झन् बढेको बताउनुभयो ।