१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबिच आज छलफल हुँदै


0
Shares

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानको लागि कार्यदल बनाउने प्रयास स्वरुप पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबिच आज छलफल हुदैछ ।

एमालेले माओवादी केन्द्रसँगको एकतापूर्वको अवस्था अर्थात २०७५ साल जेठ २ मा फर्काउनुपर्ने सर्त राखिरहेका वरिष्ठ नेता नेपालसँग आज जेठ २ कै दिन ओलीले विवाद समाधानका लागि निर्णायक छलफल गर्न लाग्नुभएको हो ।

गत शुक्रबार दुई पक्षबीच भएको वार्तामा पार्टीलाई जेठ २ को वरिपरिको अवस्थामा लगेर समाधान निकाल्ने सहमति भएको थियो । सो बैठकले कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा नेताद्धयलाई दिएको थियो ।

शुक्रबार भएको वार्तामा पूर्वमाओवादी पक्षका रामबहादुर थापा ‘बादल’ समेत सहभागी भएपछि माधव पक्ष सशंकित छ । ओलीले कार्यदलमा आफ्नोतर्फबाट बादलको नाम पनि समावेश गर्ने माधव पक्षको बुझाइ छ । अ

हिले एमालेको स्थायी कमिटी सदस्यकै हैसियतमा रहेका बादल सिनियर नेता भएकाले कार्यदलमा उनी रहने सम्भावना पनि छ । बादलसहितको कार्यदल बनेपछि माधव पक्षले फागुन २८ को निर्णय मानेको अर्थ लाग्ने भएकाले त्यसमा नजान माधव नेपालमाथि दबाब छ ।