१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डिजिटल माध्यमबाट आन्दोलन गर्दै शिक्षक महासंघ, यस्ता छन् कार्यक्रम


0
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनको कार्यक्रम कार्यकम डिजिटल केन्द्रीत गर्ने भएको छ ।

जेष्ठ ५ गते महासङ्घले अघि सारेका माग तथा समसामयिक विषयमा प्रधानमन्त्री, सम्माननीय सभामुख, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षणका लागि खुला पत्र पठाउने छ ।

जेष्ठ ७ गते हरेक शिक्षक तथा कर्मचारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीको मोबाइल नम्बरमा शिक्षक तथा विद्यालय कर्मचारीलाई अविलम्ब कोभिड बिरुद्धको खोप दिइयोस्, बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलव बृद्धि गरियोस् भन्ने नारा पठाउने भएको छ ।