१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्याग्दीमा विकासका काम धमाधम


0
Shares

म्गाग्दी । कोरोनाको कहरकाबीच पनि म्याग्दीमा विकास निर्माणका कामले भने तीब्रता पाएका छन् ।

म्याग्दीको पूर्वाधार विकास आयोजनालाई कोरोना महामारी र निषेधाज्ञाको असर पर्न दिइएको छैन ।

निषेधाज्ञा भएका क्षेत्रमा पनि विकास आयोजना निर्माणको काम धमाधम भइरहेका छन् ।

निर्माण सामग्री, उपकरणको व्यवस्थापन गरी सतर्कता अपनाएर विकास आयोजनाको कामलाई निरन्तरता दिइएको निर्माण व्यवसायीहरुले बताएका छन् ।

पश्चिम म्याग्दीको बाबियाचौरदेखि अर्मन नेटा जोड्ने पक्की पुलको निर्माण कार्य पनि धमाधम भैरहेको छ ।

लुम्बिनी प्राकृतिक जेभिले रु ११ करोडमा ठेक्का लिएको यो पुलको भौतिक प्रगति ८० प्रतिशत रहेको र असार मसान्तसम्म पुरा गर्ने लक्ष रहेको सब इन्जिनियर सविनकुमार शाक्यले जानकारी गराउनुभयो ।