
दिवस रिजाल
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाको दुधकोशी खानेपानी आयोजनाको काम ठेकेदारको लापरवाहीका कारण समयमै सम्पन्न हुन सकेको छैन ।
२०७६ पुस मसान्तामा निर्माण सम्पन्न हुनुपर्ने दुधकोशी लिफ्टिङ खानेपानी आयोजना समयमै सम्पन्न नहुँदा स्थानीय मर्कामा परेका हुन् ।
हलेसी तुवाचुङ नगरपालिकाका सुख्खाग्रस्त क्षेत्रका लागि निमार्ण गर्न लागिएको दुधकोशी लिफ्टिङ खानेपानी आयोजना समयमै सम्पन्न नहुँदा स्थानीय मर्कामा परेका छन् ।
बर्षौ देखि पानी कुरेर बसेका स्थानीयहरु कहिले घरमा पानी आउला भनेर कुरेर बसेका छन् । घण्टौं लगाएर डोकोमा नाम्लो बोकेर खानेपानी लिन जाने गर्छन यँहाका स्थानीयहरु ।
निर्माण कम्पनीको लापरवाही र ढिलासुस्तिका कारण हालसम्म यस खानेपानीको भौतिक प्रगति भने करिब ८० प्रतिशत देखिन्छ ।
२०७६ पुसमा निर्माण सम्पन्न गर्ने गरी २०७४ असारमा दिवा महादेव खिम्ति जेवी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।
यता निर्माण कम्पनीका प्रतिनिधि रवि सिंहले दशै तिहारमा सम्पन्न गर्ने बताउनुभएको छ ।
९२ करोडको लागतमा सम्पन्न गर्नेगरी संघिय सरकारको विशेष अनुदानमा शुरु गरिएको खानेपानी आयोजनाबाट ३ हजार ७ सय ५६ घरघुरी लाभान्वित हुनेछन् ।
कोरोनाले ढिला भएको भन्दै निर्माण कम्पनीलाई यही असार मसान्त सम्ममा लागि पुन म्याद थप गरिएको छ ।
तर निर्माण कम्पनीको कछुवागतीको कामले असार मसान्तामा निर्माण सम्पन्न हुने कुनै विश्वास र आधार नदेखिएको नगरप्रमुख इवन राईको भनाइ छ ।
हलेसी दुर्छिम मंगलटार बाहुनीडाँडा डिकुवा बडहरेका नागरिकका घर घरमा वितरण गर्ने तयारी गरिएको छ ।
काभ्रेडाँडा र भुम्जुडाँडामा मुख्यट्याङ्की निर्माण गरी ४÷४ लाखको ट्याङ्कीमा पानी संकलन गरि दैनिक ६ लाख लिटर पानी लिफ्ट गर्ने लक्ष्य राखिएको छ ।
खानेपानी जस्तो संवेदनशील कुरामा लापरवाही गर्ने ठेकेदारलाई पटक पटक ताकेता गरी समयमै निर्माण सम्पन्न गर्न स्थानीय सरकार र नागरिक आफै जागरुक भएर निरन्तर खबरदारी गद्रै लाग्नुको विकल्प छैन् ।
(भिडियो हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्