१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फौजि किराका कारण मकै वाली सखाप


0
Shares

सुनसरी । सुनसरीमा अघिल्लो बर्ष जस्तै यसपाली पनि विभिन्न स्थानमा लगाइएको मकै वालीमा फौजि किराको प्रकोप देखिएको छ ।

पकेट क्षेत्रको रुपमा रहेको जिल्लाको प्रकाशपुर, भोक्रहा, देवानगञ्ज, लोकही, महेन्द्रनगर, लगायतका स्थानमा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको हो ।

बाहिरवाट मकै पुस्ट देखिएपनि घोगामा दाना नहुने समस्या रहेको कृषकहरुले बताएका छन् । किरा नियन्त्रणका लागि स्थानीय निकायका प्राविधिकहरुसँग व्यापक छलफल भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख नुनुलाल उरावले बताउनुभयो । उहाँले ‘फौजी किरा नियन्त्रणका लागि बालीउपचार शिविर समेत सञ्चालन गरिने बताउनुभयो । जिल्लामा भण्डै ८ हजार हेक्टरमा मकै खेती लगाइएको छ ।