१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


होम आइसोलेसनमा बस्नेलाई गाउँपालिकाद्वारा स्वास्थ्य सामग्री र औषधि वितरण


0
Shares

रसुवा । गोसाइँकुण्ड गाउँपालिकाले कोभिड संक्रमण भएर होम आइसोलेसनमा बसेकाहरूलाई होम घर–घरमै स्वास्थ्य सामग्री र औषधि वितरण थालेको छ ।

संक्रमितहरूलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन र स्वास्थ्य जोखिम कम गर्नका लागि सामग्री वितरण गरिएको गाँउपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताउनुभयो । वितरण गरिएका रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा खुवाइने उहाँको भनाइ छ ।

गाउँपालिकाले १० थान पेपर मास्क, सय मिलिलिटर सेनिटाइजर, डिजिटल थर्ममिटर, जिंक, भिटामिन सी, भिटामिन डि थ्री, भिटामिन इ, बि–कमप्लेक्स, क्यालसिएम, पारासिटामोल र लेभोसिट्रिजिन लगायतका स्वास्थ्य सामग्री र औषधि उपलब्ध गराएको छ ।

कोरोनाको पहिलो लहर चलेको समयमा संस्थागत आइसोलेसनमा राखिएको भए पनि अहिले बिरामीलाई होम आइसोलेसनमा राखिएकोले औषधि र स्वास्थ्य सामग्री वितरण गरिएको शेर्पाले बताउनुभयो ।

गाउँपालिकामा हाल सम्म ६९ जनामा कोभिड पुष्टि भएको छ । ३८ वटा एन्टिजेन परीक्षण गर्दा १४ र ४ सय ९० पीसीआर परीक्षण गर्दा ५५ जनामा संक्रमण देखिएको हो । गाउँपालिकामा अहिले १८ जना सक्रिय संक्रमित छन् ।