२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


व्यवसायीले चीनबाट ल्याए ७५ सय अक्सिजन सिलिण्डर, बाँकी केहीदिनमा आउने


0
Shares

काठमाडौं । नेपाली व्यापारीले चीनबाट भित्र्याएको १८ हजारमध्ये ७५ सय सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ ।

७५ सय सिलिण्डरसहितका अन्य स्वास्थ्य सामग्री दिउँसो १२ बजे चिनियाँ कन्टेनरले तातोपानी नाका ल्याएको प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो ।

सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले व्यापारिक प्रयोजनका भित्र्याएका सामग्रीलाई तातोपानी नाकामा झारेर तथ्याङ्क संकलन गरी त्यहाँबाट छुटाइने अधिकृत गौतमले बताउनुभयो । चारवटा मध्ये दुई वटा कन्टेनरमा खाली सिलिण्डर आएको उहाँको भनाइ छ ।

यसअघि आइतबार नै नेपाल आइपुगेको भनि प्रचार गरिएका स्वास्थ्य सामग्री आज मात्र तातोपानी आइपुगेको गौतमले बताउनुभयो । ७५ सय सिलिण्डर आए पनि बाँकी १० हजार सिलिण्डर पनि केही दिनमा आउने व्यवसायीको भनाइ छ ।

यो पनि पढ्नुहोस्
चीनबाट ल्याइदै गरेको अक्सिजन सिलिण्डरमा आ–आफ्नै दावी : सरकार भन्छ–अनुदानको, व्यवसायी भन्छन्–हामीले ल्याएका हौं