१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेनी अस्पतालमा २० शय्याको सुविधासम्पन्न आइसोलेसन कक्ष


0
Shares

म्याग्दी । बेनी अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि अक्सिजन सहितको २० शय्या क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएको छ । संक्रमित बढेसँगै अस्पतालमा शय्या अभाव हुन थालेपछि अस्पतालको निर्माणधीन भवनमा आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको अस्पताल प्रशासनले जनाएको छ ।

गण्डकी प्रदेश सरकारको १५ लाख र बेनी नगरपालिकाको ५ लाख गरी २० लाख रुपैयाँमा सुविधासम्पन्न आइसोलेसन कक्ष बनाइएको छ । आइसोलेसनमा यसअघि बेनी नगरपालिका र अस्पतालले खरिद गरेका शय्या प्रयोग गरिएको छ । कोभिड संक्रमण फैलिन क्रम रहेको र सङ्क्रमित थपिदै जाँदा शय्याको अभाव नहोस भनेर अक्सिजन सहितको आइसोलेसन निर्माण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

निर्माणधीन भवनको तल्लो तल्लामा रहेका ५ वटा कोठालाई व्यवस्थापन गरेर आइसोलेसन बनाइएको हो । अस्पतालमा रहेको अक्सिजन उत्पादन केन्द्रबाट श्य्यासम्मै पाइपबाट अक्सिजन पुरर्‍याउने तयारी गरिएको छ । होम आइसोलेसनमा बसेका बिरामीमा श्वासप्रश्वास सहित विभिन्न समस्या देखिएर अस्पतालमा भर्ना हुन थालेपछि चिकित्सकको नियमित निगरानीका लागि आइसोलेसन कक्षको स्थापना गरिएको अस्पतालका अध्यक्ष कटुवालले बताउनुभयो ।

उहाँका अनुसार आइतबार ७ शय्या सञ्चालन गरिए पनि अन्य समेत तयारी अवस्थामा रहेका छन् ।