
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गरी चलाएका ५ सय ७६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ५ सय ७६ वटा सवारी साधनलाई उपत्यकाका विभिन्न स्थानमा होल्ड गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ४ सय ५५ वटा २ पाङग्रे, ९० ओटा चारपाङ्ग्रे, ६ ओटा ट्याक्सी र २५ वटा अन्य ठूला सवारी साधनलाई होल्ड गराइएको छ ।
उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधनहरू भने सञ्चालन भइरहेका छन् ।
यस्तै, निषेधाज्ञा भएका देशका अन्य जिल्लाहरूमा पनि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्