१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोभिडबाट अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङ्गको निधन


13
Shares

झापा । जिल्लाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोभिड संक्रमणका कारण निधन भएको छ ।

बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचारकै क्रममा खाम्याहाङ्गको निधन भएको नगरपालिकाले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि वीएण्डसी अस्पताल भर्ना गरिएका खाम्याहाङ्गको वैशाख १० गते गरिएको एन्टिजेन परीक्षण पोजेटिभ आएपछि पीसीआर परीक्षण गरिएको थियो ।

पीसीआर पनि पोजेटिभ देखिएपछि वैशाख १७ गते अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार नदेखिएको अस्पताल प्रशासनले जनाएको छ ।

संक्रमणपछि केही दिन आफ्नै क्वाटरमा बसेका खाम्याहाङ्गलाई २ दिन नगरपालिकाको आइसोलेसनमा राखिएको थियो ।