१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


च्याम्पियनसिपको प्ले–अफ खेल सुरु, बर्नमाउथ र स्वान्सी विजयी


0
Shares

एजेन्सी । इंग्लीश फुटबलको शिर्ष डिभिजन प्रिमियससिपमा बढुवा हुनको लागि दोस्रो श्रेणीको लिग च्याम्पियनसिपको प्ले–अफ् खेलहरु सुरु भएका छन् ।

यो सिजनको च्याम्पियनसिपको उपाधि विजेता नरिच सिटी र उपविजेता वाट्फोर्ड प्रिमियर लिगमा बढुवा भईसकेका छन् ।

तेस्रो देखि छैटो स्थानसम्म रहेका चार टोलीहरु ब्रेन्टफोर्ड, स्वान्सी सिटी, बानर््स्ले र बर्नमाउथ प्ले अफ्मा सहभागी छन् । यी चार मध्ये एक टोली प्रिमियरसिपमा बढुवा हुनेछ ।

प्ले अफ् पहिलो लेगको खेलमा गएराति बर्नमाउथले ब्रेन्टफोर्डलाई १–० ले हरायो ।

अर्को खेलमा स्वान्सी सिटीले बार्न्स्लेमाथि १–० कै जित निकाल्यो ।

दोस्रो लेगको खेलपछि समग्रमा विजेता हुने टोलीहरुबिच च्याम्पियनसिपको फाईनल खेल हुनेछ ।

उक्त खेलको विजेता प्रिमियर डिभिजनमा उक्लिन सफल हुनेछ ।