
बागलुङ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि बागलुङको धौलागिरी अस्पतालललाई संघीय सरकारले तीन करोड विनियोजन गरेको छ ।
अस्पतालमा आइसियु, भेन्टिलेटर, अक्सिजन प्लान्ट, अक्सिजन ट्याङ्क लगायतका स्वास्थ्य उपकरण जडान तथा व्यवस्थापनका लागि तीन करोड बिनियोजन गरेको मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले छुट्टाएको ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको स्रोत सुनिश्चिततासंगै धौलागिरी अस्पतालमा ३ करोड बजेट विनियोजन भएपछि धौलागिरीबासी उत्साहित भएका छन् ।
अर्थ मन्त्रालयले द्रुत कार्ययोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिएकोले कार्यान्वयनमा ढिलाई हुनसक्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्