
web pic
कपिलस्तु । वाणगंगा नगरपालिकामा आज विहान सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
सिद्धार्थ क्याम्पस नजिकै बुड्चीमा भएको दुर्घटनामा परी वाणगंगा १ बस्ने ४३ वर्षिय बिनोद मल्लको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ७ ख ८६९० नम्बरको ट्रकले मल्ल सवार स्कुटरलाई ठक्कर दिएको थियो ।
गम्भिर घाइते मल्ललाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्