
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अरू पार्टी नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले हिजो संयुक्त विज्ञप्ति निकालेर अरू राजनीतिक दल नेतृत्वको सरकारमा आफूहरू सहभागी नहुने स्पष्ट गरेका हुन् ।
तर राष्ट्रिय सहमति अथवा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर आए सरकार गठन गर्न अघि बढ्ने अध्यक्षद्वय ठाकुर र यादवको भनाइ छ । जसपाको नयाँ सहमतिसँगै देश निर्वाचनतिर जाने संभावना बढेको छ ।
संधिावनको धारा ७६ उपधारा ३ अनुसार संसदको ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बन्नुभएका केपी ओलीले एक महिनाभित्र संसदबाट विश्वाशको मत लिुनपर्छ । तर जसपाले सहयोग नगर्ने भएपछि ओलीले विश्वाशका मत नपाउने निश्चित भएको छ ।
त्यसपछि राष्ट्रपतिले संविधानको धारा ७६ उपधारा ५ अनुसार संसदमा बहुमत पु¥याउने जुनसुकै सदस्यलाई प्रधानमन्त्री बनाउन सक्नुहुनेछ । जसपा तटस्थ बस्दा यो व्यवस्था अनुसारको सरकार बन्ने संभावना पनि छैन । यसपछि संसद विघटन भएर देश निर्वाचनतिर जानेछ ।
प्रतिक्रिया दिनुहोस्