२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


नागरिकलाई बचाउन सर्वोच्चद्वारा ७ बुँदे अन्तरिम आदेश जारी


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमणबाट नागरिकलाई बचाउन माग गर्दै दर्ता भएको रिटमा ७ बुँदे अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दिप कुमार कार्कीको एकल ईजलासले संक्रमितको उपचारको लागि अस्पताल र स्वास्थ्य संस्थाहरुमा बेडको अभाव भएमा अस्थायी अस्पतालको वैकल्पिक व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ।

कुनै पनि खाली स्थान वा भवनमा अस्थायी उपचार केन्द्रको व्यवस्था मिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको उचित व्यवस्था गरी प्रभावकारी उपचारको व्यवस्था गर्न सर्वोच्चले आदेश गरेको छ ।

यस्तै सर्वोच्चले खोपको आपूर्ति गरी खोप अभियान सञ्चालन गर्नपनि आदेश दिएको छ ।

क्वारेन्टिन, होम आइसोलेनलाई थप प्रभावकारी बनाउन पनि आदेश जारी गरेको छ ।

यस्तै खोप लगाउन बाँकी रहेकालाई खोपको आवश्यक व्यवस्थापन गरी खोप लगाउने कार्य ढीला नगरि सुचारु गर्न पनि आदेश गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि आवश्यक भएमा विज्ञहरुको सुझाव लिई स्वास्थ्य विज्ञहरुको छुट्टै संयन्त्र बनाई संक्रमण नियन्त्रण तथा रोकथामको लागि यथाशिघ्र व्यवस्था गर्न पनि सर्वोच्चको आदेश छ ।