२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


लम्जुङको भुलभुले केन्द्रबिन्दु भएर पुनः ५.३ म्याग्निच्यूडको भूकम्प


0
Shares

काठमाडौं । लम्जुङको भुलभुले केन्द्रबिन्दु भएर पुनः ५ दमलव ३ रेक्टरस्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार ८ बसेर ३० मिनेटमा भुकम्प गएको छ ।

काठमाडौंलगायतका ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ । यसअघि बिहान लम्जुङको भुलभुले केन्द्रविन्दु भएर ८ दशजलव ८ रेक्टरको भुकम्प गएको थियो ।

भूकम्पमा परी एक महिला घाइते हुनुका साथै एक घरमा क्षति पुगेको छ । भूकम्पले घर भत्किँदा स्थानीय उमा गुरुङ घाइते हुनु भएकाे र उहाँकाे जिल्ला अस्पतालमा उपभार भइरहेको छ ।

भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।