
पोखरा । गण्डकी प्रदेशमा आज मन्त्रिमण्डल विस्तार हुदैछ ।
संसदमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससहित तीन दलले ल्याएको अविश्वासको प्रस्ताव असफल भएपछि वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गर्न लाग्नुभएको हो ।
कोरोना संक्रमण रहेकै बेला सपथ ग्रहण गरेका मुख्यमन्त्री गुरुङले एकसातासम्म पनि मन्त्रिमण्डल विस्तार नगरेपछि बजेट, नीति तथा कार्यक्रम लगायतका कार्य प्रभावित हुँदै आएको छ । आगामी असार १ गते भिब बजेट ल्याउनै पर्ने बाध्यता प्रदेश सरकारलाई छ । अर्थमन्त्री नहुँदा बजेट निर्माणको काम पनि प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्