
एजेन्सी । भारतमा कोभिड–१९ बाट एकदिनमा अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ४ हजार ५ सय २९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो भारतका एक दिनमा मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा उच्च संख्या हो ।
यसअघि भारतमा एक साता अघि ४ हजार ३ सय मानिसको एकैदिनमा कोभिडका कारण मृत्यु भएको थियो ।
यसका साथै सोही समयमा २ लाख ६७ हजार मानिसमा संक्रमण देखिएको छ । भारतका अहिलेसम्म २ करोड ५० लाख मानिसमा कोभिड संक्रमण भइसकेको छ ।
१२ मे पछि भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ४ हजार माथि भएको यो सातौंपटक हो । सोमबार बाट कोभिडको नयाँ संक्रमितको संख्या पनि तीन लाख घटिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्