
स्याङ्जा । कोभिड–१९ को संक्रमणबाट नेपाली कांग्रेस स्याङ्जाका महासमिति सदस्य, पूर्व जिल्ला कोषाध्यक्ष एवं समाजसेवी गजिन्द्रप्रकाश मल्लको ७३ वर्षको उमेरमा निधन भएको छ ।
पछिल्लो दुई वर्षदेखि अस्वस्थ मल्ललाई कोभिड भएपछि उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मल्लको निधन भएको जिल्लास्थित पार्टीका कार्यवाहक सभापति कुमार रानाले जानकारी दिनुभयो ।
मल्लले निरंकुश शासन व्यवस्था विरुद्ध नागरिकका स्वतन्त्रताका पक्षमा आवाज उठाउँदै प्रतिबन्धित अवस्थामा जेलनेल भोग्नुभएको थियो । उहाँले डेढ वर्षअघि क्यान्सर रोगलाई जित्नुभएको थियो ।
उहाँका गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्ल सहित ३ छोरा, श्रीमती र एक छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्