
काठमाडौं । सरकारले ३० वटा निजी अस्पताल र मेडिकल कलेजबाट निःशुल्क कोभिड उपचार गर्ने भएको छ ।
सातै प्रदेशका कोभिड संक्रमितले निःशुल्क उपचार पाउने गरि सरकारले निजी अस्पताल तथा मेडिकल कलेजसँग सम्झौता गरेको मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
सम्झौताअनुसार प्रदेश नम्बर १ मा नोबेल मेडिकल कलेज विराटनगर तथा प्रदेश २ मा नेशनल मेडिकल कलेज वीरगंज र जानकी मेडिकल कलेज जनकपुरले सेवा दिने भएका छन् ।
यस्तै बागमती प्रदेशमा १६ निजी अस्पतालसँग सम्झौता भएको छ । जसअन्तर्गत सिभिल हस्पिटल, चितवन मेडिकल कलेज, वीपि कोइराला क्यान्सर हस्पिटल रहेका छन् ।
यस्तै गण्डकी र लुम्बिनी कलेजमा समान २ वटा अस्पतालबाट सेवा दिइने भएको छ । सुदुरपश्चिमका ६ वटा निजी अस्पतालहरूले निःशुल्क सेवा दिन सरकारसँग सम्झौता गरेका छन् ।
मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरूले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्