१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओली र देउवाबीच भेट हुँदै, कांग्रेसले कोभिड नियन्त्रणमा सरकारलाई खबरदारी गर्ने


0
Shares

politics kp oli

काठमाडौं । नेपाली कांग्रेसले कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई थप जिम्मेवार बनाउन ध्यानाकार्षण पत्र बुझाउने भएको छ ।

हिजो बसेको कांग्रेसको संसदिय दलको बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकाल्दै ध्यानाकार्षण पत्र बुझाउने निर्णय गरेको थियो ।

सोही अनुसार आज कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई भेट्दै हुनुहुन्छ ।

देउवासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरु पनि भेटवार्तामा सरिक हुनुहुनेछ ।

कांग्रेसले कोभिडको बढ्दो संकटबारे सरकारसँग छलफल गर्न चाहेको हो ।