
रसुवा । चालु आर्थिक वर्षको दश महिना बिति सक्दा रसुवा भन्सारले लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको छैन ।
कोरोना महामारीका कारण रसुवागढी नाकाबाट आयात तथा निर्यात प्रभावित हुँदा राजस्व संकलन प्रभावित बनेको हो ।
चालु आर्थिक वर्ष २०७७÷७८ मा ७ अर्ब २४ करोड ३३ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा साउन देखि वैशाख मसान्त सम्ममा २ अर्ब ८५ करोड ६४ लाख ३१ हजार रुपैयाँ मात्र संकलन भएको छ ।
यो रकम लक्ष्यको ४९ दशमलब १ प्रतिशत मात्र हो । कार्यालयका अनुसार अबका दुई महिनामा ४ अर्ब ३८ करोड ६८ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गर्नु पर्ने देखिन्छ ।
हाल रसुवागढी नाकाबाट भइरहेको आयातको दर हेर्दा र निर्यात ठप्प रहँदा यो लक्ष्य पूरा गर्न सक्ने अवस्था निक्कै कम छ ।
प्रतिक्रिया दिनुहोस्