
रसुवा । आइसियू र भेन्टिलेटरको अभावमा हिमाली जिल्ला रसुवामा कोरोनाका गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेको छ ।
रसुवा अस्पताल तथा ग्रामिण अस्पताल जिबजिबे गरि दुईवटै अस्पतालमा हाल सम्म आइसियू र भेन्टिलेटर लगायतका अत्यावश्यक सुविधा नहुँदा जटिल प्रकृतिका बिरामीको उपचारका लागि जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेको जिल्ला अस्पताल रसुवाले जनाएको छ ।
जिल्लाका अस्पतालहरुमा पूर्ण प्रविधि सहितको व्यवस्थापन हुन नसक्दा लक्षण सहितका कोरोनाका बिरामीहरुको उपचार गर्न नसकिएको हो ।
कोरोनाको संक्रमण दर बढे सँगै जिल्लामा कोरोनाका जटिल प्रकृतिका बिरामी मध्ये आइसियू र भेन्टिलेटरमा उपचार गराउन पर्ने अवस्थाका बिरामीको उपचार समयमै गर्न नसक्दा उपचारका लागि बाहिर पठाईएका चार जना बिरामी मध्ये दुई जनाको मृत्यु भइसकेको छ ।
जिल्लाका दुई वटै अस्पतालमा आइसियू र भेन्टिलेटर सहित दक्ष जनशक्ति समयमै उपलब्ध गराउन जिल्लाबासीहरुले प्रदेश तथा संघिय सरकार सँग जोडदार माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्