१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वर्षामा हिलाम्मे र सुख्खामा धुलाम्मे सडकले सर्लाहीवासी हैरान


0
Shares

सर्लाही । सामान्य वर्षामा हिलाम्मे र सुख्खामा धुलाम्मे सडकले गर्दा सर्लाही बासी हैरान भएका छन ।

सर्लाही शीतलपुर–मलंगवा र मलंगवा–छतौन हुलाकी सडक निर्माण नहुँदा धुलाम्मे र हिलाम्मे बाटोमा यात्रा गर्नु परेको बाध्यता यस क्षेत्रका बासिन्दाको रहेको छ ।

धुलोकै कारण सडक छेउछाउका बस्तीमा स्थानीय बिरामी पर्दै आएका छन् ।

सडकको धुलो घरमा आइपुग्दा बस्न नै गाह्रो भएको स्थानीय रमेश झा बताउनुहुन्छ ।

‘सडकले सुविधा होला भन्दा सास्तीचाहिँ बढाएको उहाँको भनाई छ । आर्थिक वर्ष २०७२÷७३ मा सर्लाहीको शीतलपुरदेखि छतौनासम्म तीन खण्डमा हुलाकी सडक निर्माणको ठेक्का लागेको थियो ।

ठेक्का सम्झौताअनुसार २ वर्षमा नै सडक बन्नुपर्ने हो । तर बजेट अभावका कारण समयमै निर्माण हुन नसकेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर रमेशकुमार गोइतले बताउनुभयो ।