
एजेन्सी । इजरायल र गाजाका बिद्रोहीबिच एक–दुई दिनभित्रै युद्धविरामको सम्झौता हुन सक्ने हमासका एक शीर्ष अधिकारीले बताएका छन् ।
इजरायल र प्यालेस्टाइनबिच आक्रमण जारी रहेका बेला हमासका शीर्ष अधिकारीले हिंसा अन्त्यका लागि सहमतिको प्रयास भइरहेको र चाँडै घोषणा हुने दावी गरेका हुन् ।
तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना नागरिकको शान्ति तथा सुरक्षा सुनिश्चित नभएसम्म आक्रमण जारी रहने बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मानवीय तथा भौतिक क्षति रोक्नका लागि सावधानी अपनाउन इजरायललाई आग्रह गरेपछि नेतह्याहूले यस्तो बताएका हुन् ।
इजरायली सेनाले गाजामा पूर्वाधारहरुलाई लक्षित गरि आज बिहानै एक सयभन्दा बढी हवाई आक्रमण गरेको छ ।
प्यालेस्टाइनी बिद्रोहीले इजरायलमा लक्षित गरि रकेट प्रहार जारी राखेका छन् ।
हमास विद्रोहीको नियन्त्रण रहेको गाजा क्षेत्रमा गत मे १० तारिखदेखि सुरु भएको संघर्षमा सयभन्दा बढि महिला तथा बालबालिकासहित अहिलेसम्म कम्तीमा २ सय २७ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्