१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


भारतका ४२ सयसहित कोभिडबाट एकैदिन १२ हजारको ४ सयको मृत्यु


0
Shares

एजेन्सी । विश्वभर थप १२ हजार ४ सय १८ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । योसँगै कोभिडबाट विश्वभर मृत्यु हुनेको संख्या ३४ लाख ४३ हजार ८ सय ६ पुगेको वर्ल्डओमिटरको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा भारतमा संक्रमितको संख्या घट्दा मृत्यु हुनेको संख्या बढेको छ । अघिल्लो दिन २ लाख ७६ हजार २ सय ६१ जना संक्रमित र ३ हजार ८ सय ८० जनाको मृत्यु भएको त्यहाँ २ लाख ५९ हजार २ सय ६९ जना संक्रमित हुँदा ४ हजार २ सय ९ जनाको मृत्यु भएको छ ।

भारतपछि ब्राजिलमा संक्रमित र मृतकको संख्या सबैभन्दा धेरै छ । त्यहाँ २ हजार ५ सय २७ जनाको मृत्यु हुँदा ८३ हजार घ सय ६७ जनाको मृत्यु भएको छ । त्यसैगरी अमेरिकामा थप ६ सय ३१ जनाको मृत्यु हुँदा २८ हजार ९ सय १८ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।

यस्तै, अर्जेन्टिना र कोलोम्बियामा कोभिडको असर कम भएको छैन । कोलोम्बियामा कोभिडबाट ४ सय ९० जनाले ज्यान गुमाउँदा अर्जेन्टिनामा ४ सय ३४ जनाको मृत्यु भएको छ । यस्तै अर्जेन्टिनामा थप ३५ हजार संक्रमित थपिँदा कोलोम्बियाका १६ हजार ८६ जनामा कोभिड पोजेटिभ देखिएको छ ।

रुसमा ३ सय ९६, पोल्याण्डमा २ सय ५०, जर्मनीमा २ सय ३४, इरानमा २ सय २९, इन्डोनेसियामा २ सय १८, टर्कीमा २ सय ७ जनाले कोभिडबाट ज्यान गुमाएका छन् ।