१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हचुवामा नागरिकता सम्बन्धि निर्णय परिवर्तन गर्नुहुन्नः कमल थापा


0
Shares

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थको लागि हचुवामा पटकपटक नागरिकता सम्बन्धि निर्णय परिवर्तन गर्न नहुने बताउनु भएको छ ।

खुला सिमारखुला आवतजावत भएको देशमा राजनीतिक स्वार्थको लागि हचुवामा पटकपटक नागरिकता सम्वन्धि निर्णय परिवर्तन गर्न नहुने थापाको तर्क छ ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेख्दै प्रत्येक नेपालीले सरल रूपमा नागरिकता प्रमाणपत्र पाउनुपर्ने र नागरिकता पाउनबाट कुनैपनि नेपाली वंचित हुन नहुने उल्लेख गर्नुभएको छ ।

थापाले भन्नुभएको छ, `बंशजको नागरिकता पाउन बाबुआमा दुवै नेपाली नागरिक हुनुपर्छ ।`