
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सकिनै लाग्दा जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
बिहान १० बजेपछि सिंहदरबारमा बस्ने बैठकले नयाँ सरकार गठनका सम्बन्धमा छलफल र निर्णय गर्ने छ ।
जसपाले केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीमा समर्थन गर्नेबारे बैठकमा छ्लफल र निर्णय हुनसक्ने बुझिएको छ ।
बैठकमा जसपाको उपेन्द्र यादव समूह सहभागी हुने नहुने निश्चित भएका छ्रन् ।
जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले आफ्नै नेतृत्वमा सरकार गठन हुने अवस्था आए मात्रै सरकारमा जाने निर्णय पार्टीले गरेको भन्दै संयुक्त वक्तव्य केही दिनअघि मात्रै जारी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्