
सर्लाही । सर्लाहीमा लगातार परेको वर्षाका कारण मकैबालीमा क्षति पुगेको छ ।
भाच्ने बेला भएको मकैबाली पानीले नष्ट गरेपछि किसान चिन्तित भएका हुन् ।
सर्लाहीमा हिउँदे मकै १७ हजार हेक्टर भन्दा बढी जमिनमा लगाइएको छ ।
जिल्लाको बरहथवा, मूर्तिया, राजघाट, शंखरपुर, लालबन्दी, हरिवन, ईश्वरपुर क्षेत्रका किसान व्यावसायीक रुपमै मकै खेती गर्दै आएका छन् ।
उखु किसानलेलेसमेत मकै खेती गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्