१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसको आकस्मिक बैठक सुरु, नयाँ सरकार गठनबारे छलफल हुने


0
Shares

congress meeting

काठमाडौं । नेपाली कांग्रेसकोआकस्मिक बैठक बूढानीलकण्ठमा सुरु भएको छ ।

राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आकस्मिक बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेकाे हो ।

बैठकमा पार्टी पदाधिकारी, पूर्व पदाधिकारी र संसदीय दलका पदाधिकारी सहभागी छन् । बैठक बिहान ९ बजेका लागि बोलाइएको थियो ।

बैठकमा राष्ट्रपतिलाई महाअभियोग, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने छ ।

प्रधानमन्त्रीले विश्वासको मत नलिने र वैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गर्नु भएकाे थियाे । जसलाई कांग्रेसले संविधान विपरीत र अलोकतान्त्रिक भनेको छ ।