
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नागरिकताको विषयलाई कुसीको खेलसँग कदापि जोड्न नहुने बताउनु भएको छ ।
रावलले नागरिकता जस्तो विषय देशको अस्तित्व र अस्मितासँग गाँसिएकाले कुर्सीसँग कदापि साट्न नहुने बताउनु भएको हो ।
रावलले नागरिकताबारे संविधान सभामा धेरै बहस भई संविधानमा लेखिएकाले संविधान भन्दा फरक किसिमले जानु नेपाल र नेपालीको हित विरुद्ध हुने बताउनुभयो ।
शुक्रबार ट्विट गर्दै रावलले नेपालको संविधानको धारा ७६ (४) ऐच्छिक नभइ बाध्यकारी भएको उल्लेख गर्नुभयो ।
हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम सरकार गठनको आव्हान गरेपछि रावलको यस्तो भनाइ आएको हो ।
संविधानको धारा ७६(४)मा नेपालको संविधानको ७६(२),(३) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनै पर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्