२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा रिट हाल्ने तयारी


0
Shares

kp bidhya

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरिएको छ ।

संविधानको धारा ७६(५) बमोजिम सरकार गठनको आव्हानको विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरिएको हो ।

अधिवक्ताद्धय वीरभद्र जोशी र सन्तोष भण्डारीले राष्ट्रपतिले गरेको सरकार गठनको आव्हान गैरसंवैधानिक भएको भन्दै छ्ट्टाछुट्टै रिट हाल्ने तयारी गरेका छन् ।

राष्ट्रपति भण्डारीले शुक्रबार साँँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि प्रतिनिधिसभाका सदस्यलाई आव्हान गर्नु भएको थियो ।

प्रधानमन्त्रीमा केपी शर्मा ओली पुनः नियुक्त भएपछि संसदबाट ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाभएपनि त्यलाई पन्छाउँदै राष्ठ्रपति भण्डारीले नयाँ सरकार गठनको आव्हान गर्नु भएको थियो ।