१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्लाहीमा मकै खेती सखाप


0
Shares

सर्लाही । सर्लाहीमा लगातार परेको वर्षाका कारण मकैबालीमा क्षति पुगेको छ । भाच्ने बेला भएको मकैबाली पानीले नष्ट गरेपछि किसान चिन्तित भएका हुन् ।

सर्लाहीमा हिउँदे मकै १७ हजार हेक्टर भन्दा बढी जमिनमा लगाइएको छ । जिल्लाको बरहथवा, मूर्तिया, राजघाट, शंखरपुर, लालबन्दी, हरिवन, ईश्वरपुर क्षेत्रका किसान व्यावसायीक रुपमै मकै खेती गर्दै आएका छन् । उखु किसानलेलेसमेत मकै खेती गर्दै आएका थिए ।