१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भोलि र पर्सिका लागि बोलाइएको जसपा कार्यकारिणी समितिको बैठक स्थगित


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । अध्यक्ष महन्थ ठाकुरले सूचना जारी गरेर जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित गर्नुभएको हो ।

यसअघि जेठ ४ गते जसपाको पदाधिकारी बैठकले शनिबार र आइतबार २ दिने बैठक बस्ने तय गरेको थियो । अध्यक्ष ठाकुरले जारी गरेको सूचनामा कोभिड–१९ को बढ्दो महामारीको अवस्थाको कारण अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ ।

तर, ठाकुर इतर पक्षले भने पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै कार्यकारिणी समितिको बैठकबाट आफू अनुकुल निर्णय गर्न नसक्ने देखिएपछि बैठक स्थगित गरेको आरोप लगाएको छ ।

यसैबीच, जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफू निकट सांसदहरूसँग छलफल गर्नुभएको छ । सिंहदरवारमा भएको छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमति लगायतका विषयमा अध्यक्ष ठाकुरले ब्रिफिङ गराएको जनाइएको छ ।