
फाइल तस्वीर
काठमाडौं । वैकल्पिक सरकार गठनका लागि विपक्षी दलहरूको छलफल सुरु भएको छ ।
सिंहदरबारमा सुरु भएको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र यादव समूहको जनता समाजवादी पार्टीको बैठकमा नयाँ सरकार गठनको प्रक्रियाको सम्बन्धमा छलफल हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेसँगै दलहरू छलफलमा जुटेका छन् ।
यसअघि बुढानिलकण्ठमा भएको तीन दल र नेकपा एमालेको माधवकुमार नेपाल पक्षको छलफलमा नेता नेपाललाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्ने विषयमा समेत छलफल भएको नेपाल निकट एक नेताले जानकारी दिनुभयो ।
माधवकुमार नेपाल पनि अहिले आफ्ना पार्टीका नेताहरूसँग सिंहदरबारमा आन्तरिक छलफलमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्