१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जामा निःशुल्क एम्बुलेन्स सेवा सुरु


26
Shares

स्याङ्जा । कोभिड संक्रमितलाई अस्पताल पुर्‍याउन एम्बुलेन्सको समस्या भएपछि स्कुल अफ डेमोक्रेसी स्याङजाले निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।

जिल्ल्लामा कोरोना संक्रमितसँगै मृतकको संख्या पनि बढेर गएसँगै थप उपचारका लागि पोखरा तथा सुबिधासम्पन्न अस्पतालमा लैजान एम्बुलेन्सको समस्या भएकाले डेमोक्रेसीले निःशुल्क एम्बुलेन्स सञ्चालन गरेको हो ।

जिल्लाका ११ वटै पालिकालाई लक्षित गर्दै सेवा उपलब्ध गराउनेगरी सेवा सञ्चालनमा ल्याउन लागिएको स्कुल अफ डेमोक्रेसी स्याङजाका अध्यक्ष अनुप श्रेष्ठले जानकारी दिनुभयो ।

सबै पालिकामा डेमोक्रेसी पालिका संयोजकले बिरामी र उनका परिवारसँग समन्वयगरी अस्पतालसम्म पु¥याउने ब्यवस्था मिलाएको छ ।