१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१५३ सांसदको समर्थनसहितको पत्र बुझाएर शितलनिवासबाट फर्किए प्रधानमन्त्री ओली


26
Shares

kp bidhya

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवासबाट बाहिरिनुभएको छ ।

एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थन आफूलाई रहेको पत्र बुझाउँदै प्रधानमन्त्रीमा दावी पेश गरेर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालयबाट बाहिरिनु भएको प्रधानमन्त्रीका सल्लाहकार डा.राजन भट्टराईले सञ्चारमाध्यमलाई बताउनुभएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्र हिजो राती नै प्रधानमन्त्री ओलीलाई थमाउनुभएको थियो ।

विपक्षी दलका नेताहरू शीतलनिवास पुग्नुअगावै शीतलनिवास पुग्नुभएका प्रधानमन्त्री ओली केहीबेर अघि शीतलनिवासबाट बाहिरिनुभएको हो ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि ट्वीट गर्दै ओलीले प्रधानमन्त्रीमा दावी पेश गरेको उल्लेख गर्नुभएको छ ।

ओली बालुवाटारमा पत्रकार सम्मेलन गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुग्नुभएको थियो । पत्रकार सम्मेलनमा उहाँले आफूले प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दावी पेश गर्ने बताउनुभएको थियो ।

अहिले विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको यादव समूह र नेकपा एमालेको माधवकुमार नेपाल पक्षीय नेताहरू शीतलनिवास पुगेका छन् ।