
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको टिप्पणी गर्नुभएको छ ।
शुक्रबार ट्वीटरमार्फत थापाले राष्ट्रपति भण्डारीमा प्रधानमन्त्री केपी शर्मा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग भएको बताउनुभएको छ ।
यस्तै प्रधानमन्त्री ओलीले अघिल्लो दिन विश्वासको मत लिन सक्दिन भन्नु र भोलिपल्ट बहुमतको दावी गर्नु असङ्गत मात्र नभएर अवैधानिक र अनैतिक भएको थापाको भनाइ छ ।
यस्ताे छ थापाकाे ट्वीट
१५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको?प्रमले नै’म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने,राष्ट्रपतिले’विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको’भन्दै आव्हान गर्ने।अब फेरी जालझेल !
यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ।राष्ट्रपतिज्यू,तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ। महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ!!नभए भिर बाट खस्ने लाई राम राम
प्रतिक्रिया दिनुहोस्